डा.राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ : डा.जयशङ्कर, नेपालले भारतमा १००० मेगावाट बिजुली निर्यात गर्ने

काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करले नेपालकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
सोमबार हैदरावाद हाउसमा भेटवार्ता र छलफलपछि जारी प्रेस नोटमा विदेशमन्त्री डा.जयशङ्करले परराष्ट्रमन्त्री डा.राणालाई भारतको पहिलो औपचारिक विदेश भ्रमण गरिएकोमा खुसी व्यक्त गरेका छन् ।
विदेशमन्त्री डा.जयशङ्करले ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा परराष्ट्रमन्त्री डा.राणासँग छलफल भएको बताएका छन् ।
भारतीय विदेशमन्त्री डा.जयशङ्करले भनेका छन्, ‘नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुशी लागेको छ । यो एउटा नयाँ कोशेढुङ्गा हो ।’
‘हाम्रो छिमेकी पहिलो नीति र अद्वितीय व्यक्ति–जनता र सांस्कृतिक जडानले हाम्रो सम्बन्धलाई अगाडि बढाउँछ’, परराष्ट्रमन्त्री डा.राणासँगको भेटवार्तापछि विदेशमन्त्री डा.जयशङ्करले भनेका छन् ।
भारतीय विदेशमन्त्री डा.जयशङ्करले परराष्ट्रमन्त्री डा.राणालाई नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भव्य स्वागत गरेका छन् । डा.जयशङ्करले परराष्ट्रमन्त्री डा.राणाको स्वागत र सम्मानमा दिवाभोजको आयोजना समेत गरेका छन् ।




बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया