सामाजिक सञ्जाललाई अवसर र चुनौतीका रुपमा प्रयोग गरौँ : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारको गुणस्तरमा परिवर्तन आउनु पर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले समाचारको गुणस्तर नआए मिडिया जगतको विकास नहुने बताए ।

अध्यक्ष बस्नेतले भने, ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन जरुरी छ ।’

‘हरेक दिनजस्तो प्रविधिमा फरकपन छ । समाचारका प्रस्तुति र स्तर पुरानै शैलीका देखिन्छन्’, उनले भने, ‘यसमा सुधार जरुरी छ ।’

मुलुकको समृद्धिका लागि सिर्जनात्मक खोजी र रचनात्मक पत्रकारितालाई बढावा दिनुपर्ने अध्यक्ष बस्नेतले बताएका छन् ।

‘न्यु मिडिया विकास र समृद्धिको वाहक बन्नुपर्छ’, उनले भने, ‘प्रविधिमैत्री बनी रचनात्मक र चाखलाग्दा समाचार सामग्री दिनसके मिडिया जगत्ले फड्को मार्न सक्छ ।’

पछिल्लो समय काउन्सिलले रचनात्मक पत्रकारिताको बहसलाई देशव्यापी बनाउँदै लगेको उनले बताएका छन् ।

मिडिया बचाउन सञ्चारमाध्यमका रणनीति र योजनामा पुनरावलोकन गर्न अध्यक्ष बस्नेतले सुझाव दिएका छन् ।

संकटमा पर्दै गएको मिडिया क्षेत्रलाई जोगाउन सरकारले प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने उनले बताएका छन् ।

बस्नेतले भने, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले अवसर र चुनौती दुवै ल्याएको छ । मिडियामा यसको रचनात्मक प्रयोगलाई बढावा दिने हो भने अहिले समस्या घट्दै जानेछन् ।’

Published : Sunday, 2024 August 18, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया