प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच भेट भएको हो । उनीहरूका बीच सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालले भनेको छ, ‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’
सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक प्रतिनिधि सभाबाट पारित भएको दुई दिनपछि ओली र देउवाबीच भेटवार्ता भएको छ । उनीहरूले शान्ति प्रक्रियालाई टुङ्गोमा लैजाने गरेर कामहरू गरिरहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया