पोखरामा दुई जना नक्कली सीआइडी केटाहरू पक्राउ

काठमाडौं । प्रहरीको सीआइडी हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दीप श्रेष्ठ र सोही महानगरपालिका–७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरूलाई दुःख हैरानी दिएको गुनासो आएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको अभियोग छ ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू उपर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2024 August 14, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया