१२ वर्षीया बालिकालाई करणी गरेर मोटरसाइकलमा भागेका २ जना पक्राउ
वीरगञ्ज । बारा जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका–४ शान्तिटोल बस्ने ३२ वर्षीय संजोक खतिवडा र सोही नगरपालिका–५ बाग्देब बस्ने २७ वर्षीय दिनेश चौलागाईं रहेको विज्ञप्तिमा उल्लेख छ ।
मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले ती बालिकालाई निजगढ नगरपालिका–६ छोटीमार्गस्थित केरा घारीमा लगेर जबरजस्ती करणी गरेर फरार भएका थिए ।
जबरजस्ती करणीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
Published : Wednesday, 2024 August 14, 8:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया