कांग्रेसबाट मन्त्री बन्ने चर्चामा क-कसको नाम ?

काठमाडौं । नेपाली कांग्रेसले ९ वटा मन्त्रालय पाउने प्रारम्भीक सहमति बनेको बुझिएको छ ।
मन्त्री सिफारिस गर्नको लागि सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आइतबार साँझ आन्तरिक परामर्श समेत गरेका छन् । सभापति देउवाले नेताहरूसँगको परामर्शपछि मन्त्रीहरूको सिफारिस गर्नेछन् ।
कांग्रेसको तर्फबाट नेता प्रकाशमान सिंहले नेतृत्व गरेर जाने चर्चा छ । सिंहलाई उपप्रधान सहित १ मन्त्रालय दिने तयारी सभापति शेरबहादुर देउवाले गरेको बुझिएको छ ।
कांग्रेसबाट मन्त्री बन्ने चर्चामा नेताहरू रमेश लेखक, डा.आरजु राणा देउवा, अर्जुन नरसिंह केसी, दुर्लभ थापा, दीपक खडका, रामहरि खतिवडा, अजयकुमार चौरसिया, तेजुलाल चौधरी, प्रदीप पौडेल, उदयशम्शेर राणा, सरिता प्रसाइँ, श्याम घिमिरे, रामनाथ अधिकारी, जीवन परियार, शंकर भण्डारी, चन्द्र भण्डारी, हृदयराम थानी, बद्री पाण्डे, वीरबहादुर बलायर, दीपक गिरी, ईश्वरी न्यौपाने लगायतको नाम चर्चामा छ ।
स्रोतका अनुसार कांग्रेसका नेता रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बुझिएको छ ।
सरकारमा सहभागी हुन चाहेमा नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई कांग्रेसभित्र कुनै छेकवार हुने छैन । सभापति देउवाले कोइराला र थापा सरकारमा सहभागी हुन चाहेमा रोजेको मन्त्रालय दिन तयार रहेको बुझिएको छ । यद्यपि, शेखर कोइराला र गगन थापाको महत्वकांक्ष मागहरूका कारण केही झन्झट हुन सक्ने चर्चा छ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया