कांग्रेसको साथ पाएपछि ओली आज राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) प्रधानमन्त्रीमा नियुक्ति गर्ने भएका छन् ।

संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिनेछ । राष्ट्रपति पौडेलले एमालेका अध्यक्ष ओलीलाईलाई चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त गर्न लागेक हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आफूले शपथ लिने क्रममा कांग्रेस र एमालेका मन्त्रीहरूलाई राखेर सानो आधारको मन्त्रिमण्डल विस्तार गर्नेछन् ।

Published : Sunday, 2024 July 14, 7:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया