सभापति देउवाले बोलाए कार्यसम्पाद समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा कार्यसम्पादन समितिको बैठक बस्नेछ ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
बैठकमा सरकार गठनका विषयमा छलफल हुनेछ । सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
आइतबार एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । ओलीले कांग्रेस र एमालेका सांसदहरूलाई लिएर सानो आकारको मन्त्रिपरिषद बनाउन खोजेका छन् ।
Published : Saturday, 2024 July 13, 10:59 am
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया