चीनमा माइक्रोसफ्टका कर्मचारीलाई एन्ड्रोइड फोन प्रतिबन्ध
लण्डन । साइबर सुरक्षा र डेटा चोरीबाट बच्न माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई एन्ड्रोइड फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
माइक्रोसफ्टले आफ्ना कर्मचारीहरूलाई एन्ड्रोइड फोन बोक्न नदिएको निर्णयलाई साइबर सुरक्षाको अंश भएको जनाएको छ । कर्मचारीहरूलाई पहिचान प्रमाणीकरणका लागि आइफोन अनिवार्य हुनेछ ।
माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई आइफोन १५ वितरण गर्नेछ । विश्वभर डेटा चुहावटका धेरै घटना हुन थालेपछि कम्पनीले एन्ड्रोइड फोन प्रयोग नगर्ने नीति लिएको छ । एप्पलको आईओएस स्टोर चीनमा उपलब्ध छ । गुगल प्लेस्टोर उपलब्ध छैन ।
ह्वावे र स्याओमी जस्ता लोकप्रिय स्मार्टफोन कम्पनीले चीनमा आफ्ना प्लाटफर्म सर्वसाधारणका लागि खुला राखेका छन् । एन्ड्रोइड डिभाइस ह्याक गर्न सजिलो हुने विज्ञहरूको विश्वास छ । चीनमा गुगल प्लेको अभावले माइक्रोसफ्टलाई चिन्तित बनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया