मुख्यमन्त्रीकी पत्नी गीता भ्रष्टाचारी ठहर, कैद र जरिवानाको फैसला
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ स्वाडारीकी पत्नी गीता सोडारी नक्कली प्रमाणपत्र प्रकरणको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गीतालाई दोषी ठहर गरेको हो । गीतालाई ६ महिना कैद र १० हजार जरिवानाको फैसला भएको विषेश अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताएका छन् ।
गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्दामा कैद र जरिवाना माग दाबी गरिएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसूर गरेको देखिँदा निज शिक्षक गीता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी गरिएको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले गीतालाई दोषी ठहर भएको छ ।
गीता धनगढी नगरपालिका वडा नं. ९ स्थित शिव माविमा शिक्षिका थिइन् । गीताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरेकी थिइन् । गीताका पति दीर्घ सोडारी नेकपा (एकीकृत समाजवादी)का नेता पनि हुन् ।
नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित गीताविरुद्ध उजुरी परेको थियो ।
अख्तियारले २०७९ सालको असोज ७ गते गीताविरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया