घेराबन्दीमा सहकारी ठगका आरोपी रवि लामिछाने, पीडितसँग परामर्श हुने
काठमाडौं । संसदीय छानबिन विशेष समितिले सहकारीका पीडितहरूसँग छलफल गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सहकारीका पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको संयोजक सूर्यबहादुर थापाले बताए । छलफल बुधबार हुनेछ ।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको थापाले बताए ।
पीडितहरूसँग छलफल गरी समस्या समाधानका लागि थप तथ्यको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।
२९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई बोलाएको समितिले जनाएको छ ।
गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएपछि संसदीय छानविन समिति गठन भएको छ । लामिछाने संलग्न गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट गएको रकमबारे अनुसन्धान हुनेछ । सहकारीपीडितहरूले लामिछानेका बारेमा थप जानकारी दिने अपेक्षा समितिको छ ।
सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका लामिछाने गृहमन्त्री छन् । लामिछानेका तत्कालीन पार्टनर गितेन्द्रबाबु राई (जीबी राई) मलेसियामा लुकेर बसेका छन् । राईलाई पक्राउ गरेर ल्याउन गृहमन्त्री लामिछानेले धेरै जोडबल गरेका छैनन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया