राष्ट्रिय सहमतिको सरकार बने पनि प्रधानमन्त्रीमा ओली-देउवाबीच आलोपालो गर्ने सहमति : कांग्रेस
काठमाडौं । केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाए पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेस र एमालेबीच आलोपालो गर्ने सहमति बनेको छ ।
मंगलबार बुढानिलकण्ठमा बसेको कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
उनले सबै दलहरूसँग परामर्श गरेर एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहिल भइरहेको जनाए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा.महतले भने, ‘आर्थिक स्थिति र विकास निर्माणमा देखिएको अन्यौलको स्थिति छ । त्यसलाई पनि अन्त्य गर्नको लागि स्थिर राजनीतिक र संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने, त्यसमा एउटा सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि दुई दलको बीचमा सँगै अगाडि बढ्ने, सरकार निर्माण गरेर अगाडि बढ्ने र त्यसमा आवश्यक्ता अनुसार अन्य दलहरूलाई पनि समावेश गर्ने ।’
‘त्यस कारण राष्ट्रिय सहमतिको सरकार कै नाम दिइएको छ । एमालेका अध्यक्ष केपी ओलीजी र हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यू आलोपालो नेतृत्व गर्ने । नेतृत्व चाहिँ कांग्रेस र एमालेकै हुन्छ । निर्वाचनसम्म । र, त्यसमा अरु दललाई पनि संलग्न गर्न सकिन्छ । आधार नै समझदारीमा भएको छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया