नाउपाले रञ्जितालाई दलको नेताबाट हटायो, प्रचण्डलाई समेत झट्का
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ ।
काठमाडौंमा आइतबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर सांसद गंगाराम चौधरी डगौरालाई नियुक्त गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
नाउपाका ४ जना सांसदमध्ये ३ जनाको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेताबाट श्रेष्ठलाई हटाएर डगौरालाई नियुक्त र प्रमुख सचेतकमा लालवीर चौधरीलाई नियुक्त गर्ने निर्णय भएको छ । प्रमुख सचेतक बनेका लालबीर चौधरी नाउपाका संरक्षक रेशमलाल चौधरीका बाबु हुन् ।
‘नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताको पदमा रहेका सांसद रञ्जिता श्रेष्ठज्यूलाई फेरबदल गरि सांसद गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता र प्रमुख सचेतक पदमा रहेका सांसद गंगा चौधरी डगौरालाई संसदीय फेरबदल गरि लालबीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसहमतिबाट पारित गरियो’, निर्णयमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाउपाकी सांसद श्रेष्ठलाई उपप्रधानसहित मन्त्री बनाउने चर्चा चलिरहेका बेला नाउपाले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर मन्त्री बन्ने बाटो बन्द गरिदिएको छ ।
नाउपाभित्रको आन्तरिक विवादले प्रधानमन्त्री दाहाललाई झट्का लागेको छ । नाउपाले सरकारलाई समर्थन गरेको छ । अब नाउपाले सरकारलाई समर्थन गर्छ वा गर्दैन हेर्न बाँकी छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया