एकीकृत समाजवादीको अधिवेशनमा सभापति देउवाद्वारा माधव नेपालको प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियामा ठूलो भूमिका खेलेको बताएका छन् ।
आइतबार नेकपा (एकीकृत समाजवादी)को अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको भूमिका संविधान निर्माण, शान्ति प्रक्रिया स्थापना र संविधान कार्यान्वयनमा भूमिका रहेको बताए ।
देउवाले भने, ‘नेपालको राजनीतिकमा मुलुकको शान्ति स्थापनामा गर्ने सवाल होस् वा संविधान निर्माण गर्ने सवाल होस् माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । त्यस कारण माधवजीले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिनुभएको कुरा सबैलाई थाहा छ । मैले भनिरहनु पर्दैन ।’
‘अन्त्यमा तपाईहरूको अधिवेशनको पूर्ण सफताको कामना गर्दै पार्टीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्न चाहन्छु’, उनले भने ।
‘नेकपा (एकीकृत समाजवादी)को अधिवेशन आइतबार उद्घाटन गरिएको छ । यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ’, सभापति देउवाले भने ।
उनले भने, ‘नेपालको संविधानको रक्षा संघीय लोकतान्त्रत्मक व्यवस्थाको सदृढीकरण यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्ने महत्वपूर्ण एजेण्डा हुन् ।’
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिवद्धताका साथ नेकपा (एकीकृत समाजवादी)ले कार्य गरिरहेको छ’, देउवाले भने ।
‘भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने मैले विश्वास लिएको छु’, सभापति देउवाले भने ।
नेकपा (एकीकृत समाजवादी)को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने, जसपा (नेपाल)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी ओली भने आएनन् । निम्तो पठाइए पनि एमालेबाट ओली आएनन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया