रक्षामन्त्रीले नेपाली सेनालाई पाकिस्तानी सेनासँग तुलना गरेपछि कांग्रेसद्वारा विरोध
काठमाडौं । रक्षामन्त्री हरि उप्रेतीले नेपाली सेनालाई पाकिस्तानको सेनासँग तुलना गर्नुका साथै अन्टसन्ट अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा रक्षामन्त्री उप्रेतीले आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेपाली सेनालाई पाकिस्तानी सेनासँग तुलना गर्न खोजेपछि खतिवडाले विरोध गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘रोष्ट्रममा उभिएर नेपाली सेनाको रक्षामन्त्रीले अर्को देशको सेनाको बारेमा बोल्न पाइन्छरपाइँदैन त्यति मात्रै प्रश्न गर्न चाहन्छु ।’
खतिवडाले भने, ‘फेटा बाँधेर बाहिर जाने, अनि यहाँ आएर सेनाको विरोध गर्नुभयो । त्यो फेटा बाँधेर जाने भनेको को हो ? त्यो कसलाई इंगित गरेको हो ? रोष्ट्रमबाट जवाफ दिनुपर्छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया