विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुनेभन्दै कांग्रेसद्वारा अनिवार्य उपस्थित हुन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले असार ९ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभाको आगामी बैठकमा आ.ब २०८१/८२ को विनियोजन विधेयक (बजेट) निर्णायार्थ प्रस्तुत हुने भएको हुँदा यही असार ९ गतेदेखि विनियोजन विधेयक (बजेट) निर्णायार्थ प्रस्तुत हुँदासम्मका सबै बैठकहरूमा अनिवार्य उपस्थित हुन र निर्देशन (व्हिप)अुनसार गर्न हुन सबै माननीय सदस्यहरूलाई यो बैठक निर्देश गर्दछ ।’
सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा नियमित रुपमा उपस्थित भइ छलफलमा सहभागी हुन निर्देशन दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया