बकर ईदले नेपाली समाजमा धार्मिक संहिष्णुता र सदभाव बढाएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बकर ईद अर्थात् ईद उल अजहाको अवसरमा शुभकामना दिएका छन् ।
सोमबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरूको बसोबासको संगम स्थल रहेको बताएका छन् । उनले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरूको आफ्नो बेग्लै विशेषता रहेको बताएका छन् ।
उनले सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको समेत उल्लेख गरेका छन् ।
‘इस्लाम धर्माबलम्बीहरूले बकर ईद (ईद उल अजहा)लाई पवित्र पर्वका रुपमा मनाउँदै आएका छन् । यो पवित्र पर्वले नेपाली समाजमा धार्मिक संहिष्णुता र सदभावना बढाउदै आएको छ ।’
‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु’, सभापति देउवाले भने ।
‘बकर ईद (ईद उल अजहा)ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गर्दछु’, देउवाले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया