चीनको महँगो ऋणमा बनेको पोखरा विमानस्थलको वार्षिक व्यात्र मात्रै ३३ करोड, सरकारलाई नोक्सानी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल महँगो ऋण लिएर बनाउँदा राज्यलाई कुनै फाइदा नभएको बताएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले महँगो ऋणका कारण सरकारले वार्षिक ३३ करोडभन्दा धेरै रकम व्याजमा मात्रै तिर्नु परेको बताइन् । उनले ऋण लिएर लगानी गर्दा जनताको आर्थिक अवस्था सुधार र देशको अर्थतन्त्रलाई टेवा पुग्न ठाउँमा लगानी हुनुपर्ने बताएकी छिन् ।

सांसद चौधरीले भनिन्, ‘झण्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जसको व्याजमात्र वार्षिक ३३ करोडभन्दा बढि छ । त्यो एयरपोर्टले नेपालमा पर्यटनको लागि कति योगदान दिएको छ ? त्यसको मूल्याङ्कन हुनुपर्छ ।’

केपी ओलीको तत्कालीन सरकारले चीन सरकारसँग मिटर व्याज अर्थात् महँगोमा ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ । विमानस्थल चल्न सकेको छैन । सरकारलाई ठूलो नोक्सानी भइरहेको छ ।

पोखरा विमानस्थलमा घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बोलाएर पटक पटक बयान लिइसकेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन आयोजना प्रमुख अधिकारी नै थिए । अधिकारीले घोटाला गरेको आरोप लाग्दै आएको छ ।

Published : Friday, 2024 June 14, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया