ओली प्रधानमन्त्री र बास्कोटा सञ्चारमन्त्री हुँदा फोरजीमा १९ अर्ब घोटाला आशंका, छानविनको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमको फोरजी सम्बन्ध ग्लोबल टेण्डरलाई रद्द गरेर जीटूजी टेण्डरमा जाँदा १९ अर्ब रुपियाँ घोटाला भएको तत्कालीन समयमा विज्ञहरूले बताएको जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै बस्नेतले फोरजी घोटालाका विषयमा संसदमा सांसदहरूले समेत कुरा उठाएको प्रशङ्ग राख्दै छानविनको लागि आग्रह गरे । उनले फोरजी पनि थ्रीजीलाई नै टालटुले गरेर फोरजी बनाएको बताएका छन् ।
फोरजीको ग्लोबल टेण्डर रद्द गरेर जीटूजीमा जाने निर्णय गर्दा प्रधानमन्त्री केपी ओली र सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटा थिए । ओलीकै निर्देशनमा ग्लोबल टेण्डर रद्द भएको थियो । ग्लोबल टेण्डर रद्द भएर जीटूजीमा जाँदा फोरजीमा १९ अर्ब घोटाला भएको आरोप लाग्दै आएको छ । सो विषयमा छानविनको माग संसदभित्र उठ्दै आएको छ ।
उनले भने, ‘यहाँ धेरै कुरा उठ्यो । टेलिफोन लगायत आइटीको सेक्टरका महत्वपूर्ण सञ्जालहरू कमजोर भएका छन् भन्ने कुरा यहाँ उठिरहेका छन् दैनिक रुपमा ।’
‘मैले बुझेसम्म फोरजीका लागि मै मन्त्री हुने बेलामा जीटूजीमा जानु प¥यो भनेर सम्बन्धित कम्पनीवालाहरू रातदिन पछि लाग्थे । ठूला शक्ति केन्द्रमा धाउथे । मलाई पनि गाह्रो पर्दै गयो’, उनले भने, ‘म ग्लोबल टेण्डर गर्न चाहन्थेँ । मैले मेरो नेतालाई आदरणीय सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई मैले भने यस्तो प्रेसरहरू आइरहेको छ, यो चाहिँ हुँदैन जीटूजीलाई जानलाई राम्रो हुँदैन भनेपछि देश र जनतालाई जे राम्रो हुन्छ त्यहि गर्नुस् भन्नुभयो । मैले ग्लोबल टेण्डर गराएँ ।’
सांसद बस्नेतले भने, ‘ग्लोबल टेण्डर गराएपछि पनि हाम्रै एनटीसीका कर्मचारीहरूसँग पनि ६÷७ वटा त्यो ठेकेदार कम्पनी बोकेर यो रद्द गर्नुपर्छ भन्न आउथे । म नामै तोकेर भन्छु त्यो बेलाको सचिव केदारबहादुर अधिकारीजीले मलाई साथ दिनभयो । हामीले त्यसलाई ग्लोबल टेण्डर गराएरै छाड्यौँ’, बस्नेतले भने ।
‘पछि ग्लोबल टेण्डर त गर्यौँ, पछि म त ६ महिना चानचुन भएको थिएँ । त्यसमा पनि ३ पटक त चुनावी कारणले आचार संहिताभित्र थिएँ । हामी हिँड्ने वित्तिकै अर्को सरकार आएर यसलाई रद्द गरेर जीटूजीमा गयो’, उनले भने ।
‘त्यतिखेर विज्ञले के भन्थे भने यसमा १९ अर्ब रुपियाँ घोटाला भएको छ है । यो जीटूजीमा जाँदा भन्ने कुरा थियो । यहाँ खोजबिनका कुरा धेरै उठेका छन्’, बस्नेतले भने ।
‘माननीयज्यूहरूबाट पनि । यसमा खोजबिन गरियो भने यो ग्लोबल टेण्डरमा गएको कुरा जीटूजी जानेवित्तिकै कति के हुन्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ । त्यसरी गएको छ’, बस्नेतले भने ।
‘त्यस कारणले गर्दा फोरजी भनिएको छ त्यो फोरजी फोरजी होइन, थ्रीजीलाई अपग्रेट गरेर टालटुल गरेर त्यत्रो घोटाला व्यहोरेर फाइदा लिएको छभन्ने त्यतिबेलादेखि गुनासो भएको छ भनेको हुनाले अहिले जतिसुकै ठूला कुरा गरे पनि यो गुणस्तरीय सेवा दिने कुरामा यहि अवस्थामा यहि प्रविधिबाट सम्भव छैन’, उनले भने ।
‘धेरै ठाउँमा फाइजीबाट अगाडि बढिसक्यो हामी कहिले पुग्ने हो ? फोरजी नै भरपर्दो छैन’, कांग्रेसका सांसद बस्नेतले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया