एमालेले घोंचपेच गरिरहेका बेला प्रचण्डले बोलाएपछि ओली हुत्तिदै सिंहदरबार पुगे
काठमाडौं । एमालेका नेता र सांसदहरूले भारत भ्रमणको विरोध गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारमा दाहालले ओलीलाई बोलाएर भारत भ्रमणमा एमालेका सांसद र नेताहरूले प्रतिनिधिसभाको बैठकमा उठाएको विषयमा चासो राखेको स्रोतले जनाएको छ । एमालेका सांसदहरूले बजेटको पनि निकै विरोध गरिरहेका छन् ।
एमालेका नेता र सांसदका साथै स्वयं अध्यक्ष ओलीले पनि सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । एमालेसँग दुरी बढ्न थालेको चर्चा भइरहेका बेला दाहालले ओलीलाई सिंहदरबारमा बोलाएर छलफल गरेका छन् ।
एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका थिए ।
दाहाल र ओलीबीच गण्डकीमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका विषयमा छलफल भएको बुझिएको छ । कांग्रेसले गण्डकीमा आफ्नो सरकार बनाएको छ । कांग्रेसले सरकार बनाएपछि सबैभन्दा धेरै पीडा एमाले र अध्यक्ष ओलीलाई भएको छ ।
एमाले र माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धनको सरकार बनेको एक सय दिन पुगेको विषयमा पनि दाहाल र ओलीबीच कुराकानी भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया