कांग्रेसको प्रश्न– दुई प्रधानमन्त्रीको वान टू वान वार्तामा बसेकी महिला को हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वान टू वान वार्तामा बसेकी महिलाको विषयमा जानकारी माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले प्रधानमन्त्री दाहालसँग छेउमा बसेकी महिलाको बारेमा जानकारी माग गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, वान टू वान प्रधानमन्त्री भारतको प्रधानमन्त्रीसँग भेट्दा एउटा नौलो मान्छे प्रोटकलभन्दा पनि बाहिरको मान्छे राखेर बस्नु भएको देखियो । यसको बारेमा पनि प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।’
भारतीय प्रधानमन्त्री मोदीसँगको वान टू वान वार्तामा प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहाल बसेकी थिइन् । गंगा दाहाल कुन हैसियतले बसेकी हुन् प्रधानमन्त्री दाहालले केही भनेका छैनन् ।
सांसद खतिवडाले भारत भ्रमणका विषयमा प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउन माग गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू केही दिन पहिले भारत भ्रमण पुगेर आउनुभयो’, उनले भने, ‘संसद चलिरहेको बेलामा प्रधानमन्त्रीले संसदमा आएर आफूले गरेको भारत भ्रमणको जानकारी दिनुपर्छ कि पर्दैन ?’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया