गण्डकीमा कांग्रेसकाे सरकार बचाउन देवकोटाले साथ दिएपछि प्रचण्डले दिए धम्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई कारबाही गर्ने धम्की दिएका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेशसभा सदस्य देवकोटालाई कारबाही गर्ने बताएका हुन् । देवकोटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर जितेका थिए ।
पार्टीले ह्विप जारी गरिसकेको अवस्थामा देवकोटाले फ्लोर क्रस गरेकाले स्वाभाविकरूपमा कारबाही हुने प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्री दाहालले प्रदेशसभा सदस्य देवकोटाले संविधान र कानूनको मर्मविपरीत फ्लोर क्रस गरेको बताए ।
दाहालले भने, ‘गण्डकीमा पार्टीले ह्विप जारी गरिसकेको थियो । संविधान र कानूनको मर्म र मान्यताविपरीत फ्लोर क्रस गरेकालाई स्वाभाविकरूपमा कारबाही हुन्छ ।’
नेपसाका प्रदेशसभा सदस्य देवकोटाले नेपाली कांग्रेस सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
देवकोटा नेपाल समाजवादी पार्टी (नेसपा)को प्रदेशसभा सदस्य हुन् । गण्डकी प्रदेशसभामा नेसपाको नाम उल्लेख छ । नेसपाबाट प्रदेशसभाले देवकोटालाई परिचयपत्र दिएको छ । देवकोटा छुट्टै दलको पहिचानमा छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया