गण्डकीमा पाण्डेले कांग्रेसलाई सत्तामा कम्ब्याक गराए, मुर्छा परेको एमालेद्वारा नारावाजी

पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले विश्वासको मत पाएको छ ।

पोखरामा आइतबार बसेको गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाको मत पाएका छन् ।

६० सदस्यीय गठबन्धन प्रदेशसभामा पाण्डेले ३१ प्रदेशसभा सदस्यहरूको समर्थन पाएका छन् ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका फणिन्द्र देवकोटा नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित भएका हुन् ।

एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका छन् ।

नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेको दाबीसहित एमालेले नारावाजी गरेको थियो ।

मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।

एमालेका नेता खगराज अधिकारी यसअघि कीर्ते गरेर मुख्यमन्त्री बनेका थिए । सर्वोच्च अदालतले कीर्ते मुख्यमन्त्री अधिकारीलाई हटाएर कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसपछि एमाले र माओवादी प्रतिपक्षमा पुगेका छन् भने कांग्रेस सत्तामा पुगेको छ ।

Published : Monday, 2024 June 10, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया