कम्युनिस्ट सरकारले कांग्रेस र जसपाबाट नियुक्त १० राजदूतहरूलाई फिर्ता बोलायो
काठमाडौं । कम्युनिस्ट गठन्धन सरकारले ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छन् । फिर्ता बोलाइएका राजदूतहरूलाई एक महिनाभित्र नेपाल फर्किन आदेश दिइएको छ ।
सरकारले भारतका लागि नेपाली राजदूत शंकर शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ ।
पोर्चुगलका लागि नियुक्त भएका तर, जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि सरकारले बदर गरेको छ ।
सरकारले फिर्ता बोलाएका राजदूतहरूमा नेपाली कांग्रेस र जसपा नेपालको तर्फबाट नियुक्त भएकाहरू छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया