सभापति देउवाद्वारा जनसम्पर्क विभागको प्रमुखमा पौडेललाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

बुधबार कांग्रेस मुख्यालयद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले पौडेललाई विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री किरणराज शर्मा पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2024 May 29, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया