प्रचण्डकी पत्नीको नाममा कलेज बनाउन बजेट, स्व.सीताको के छ योगदान ? लामिछाने-ओलीद्वारा अनुमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी स्व.सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालकी पत्नीको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था छु ।’

स्व.सीता दाहालको नामको कलेजका लागि अर्थमन्त्री पुनले कति बजेटको व्यवस्था गरिएको छ भन्नेबारेमा अर्थमन्त्री पुनले खुलाएका छैनन् ।

प्रधानमन्त्री दाहालले सत्ताको दुरुपयोग गर्दै पत्नीको नाममा कलेज खोल्न बजेटमा कार्यक्रम राखेको भन्दै आलोचना भएका छन् । सीता दाहालले मुलुकलाई के योगदान गरिन् प्रश्न पनि उठेको छ । हरेक राजनीतिक दलका नेताहरूको परिवार हुन्छ ।

नेताहरूले राज्यसत्ता र शक्तिमा बसेका बेला पत्नी, छोराछोरी वा आफन्तको नाममा यसैगरी बजेट राखेर संस्था खोल्ने हो भने के अवस्था आउला ?

प्रधानमन्त्री दाहालको पत्नी भएकै कारण सीता दाहालको नाममा सरकारले कलेज खोल्नु भनेको सत्ताको दुरुपयोग भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रधानमन्त्री दाहालले आफ्नी पत्नीको नाममा सरकारी पैसामा कलेज स्थापना गर्ने निर्णय गर्दा गृहमन्त्री रवि लामिछाने र एमालेका अध्यक्ष केपी ओलीले कुनै प्रतिवाद गरेनन् । उनीहरूले सीता दाहालको नाममा कलेज बनाउने कुरामा समर्थन जनाएपछि बजेटमा कार्यक्रम परेको छ ।

Published : Tuesday, 2024 May 28, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया