नोकियाको नयाँ फोन लन्च
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/05/nokia-3210.jpg?resize=810%2C436&ssl=1)
लण्डन । २५ वर्षपछि नोकिया ३२१० फोनलाई बजारमा ल्याइएको छ ।
फिनिस कम्पनी एचएमडी ग्लोबलले नोकियाको कुनै बेलाको निकै चर्चित मोडेलको फोन सार्वजनिक गरेको छ ।
नोकिया ३२१० को पछिल्लो संस्करणमा नयाँ लुक्सको डिजाइन र अपडेटेड स्पेसिफिकेसन्स रहेका छन् । यसले युट्युब शर्ट्स जस्ता एपहरूलाई सपोर्ट गर्दछ ।
नोकियाको सिग्नेचर गेमहरू, टी ९ किप्याड, ट्रयाकप्याड तथा एउटा रियर क्यामेरा सेटअप रहेको छ ।
२ मेगापिक्सेलको हुनुका साथै एलइडी फ्लास पनि राखिएको छ । २.४ इन्चको रंगीन डिस्प्ले रहेको छ ।
स्टोरेजलाई माइक्रोएसडीको माध्यमबाट ३२ गिगाबाइटसम्म बढाउन सकिन्छ ।
फोनमा १४५० मिलि एम्पियर आवरको निकाल्न मिल्ने ब्याट्री छ । फोनमा ब्लुटुथ ५.०, युएसबी सी पोर्ट र डुअल सिम फोर जी सपोर्ट रहेको छ । फोनको तौल ८७.८ ग्राम छ । एजेन्सी
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया