टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने विधेयक पारित

न्युयोर्क । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई अनुमोदन गरेको छ ।
विधेयक अनुमोदनसँगै टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई आफ्नो हिस्सेदारी बेच्न ९ महिनाको समय दिइएको छ । अन्यथा टिकटक संयुक्त राज्यमा प्रतिबन्धन गरिने बीबीसीले जनाएको छ ।
विधेयक अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हस्तान्तरण गरिनेछ । बाइडेनले विधेयक आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गरेर कानूनका रूपमा लागू गर्नेछन् ।
त्यसो भयो भने, बाइटडान्सले जबरजस्ती बिक्री पूरा गर्न चिनियाँ अधिकारीहरूबाट स्वीकृति लिनुपर्नेछ । जसको बेइजिङले विरोध गर्नेछ ।
विधेयकलाई युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिकमा अन्य अमेरिकी साझेदारहरूको लागि सैन्य सहायता समावेश गर्ने चार विधेयकहरूको प्याकेजको भागको रूपमा पारित गरिएको थियो ।
यसको पक्षमा ७९ जना सांसद र १८ जनाले विपक्षमा मतदान गरेका थिए ।
‘वर्षौँदेखि हामीले चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकाको सबैभन्दा लोकप्रिय एपहरू मध्ये एकलाई नियन्त्रण गर्न अनुमति दियौँ, जुन खतरनाक रूपमा अदूरदर्शी थियो’, गुप्तचर समितिका शीर्ष रिपब्लिकन सिनेटर मार्को रुबियोले भने, ‘नयाँ कानूनले यसको चिनियाँ मालिकलाई एप बेच्न बाध्य पार्नेछ । यो अमेरिकाको लागि राम्रो कदम हो ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया