कांग्रेसप्रति जनताको विश्वास आज पनि छ : महालक्ष्मी उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले संविधान कार्यान्वयन गर्न नेतृत्व लिनुपर्ने बताएकी छिन् ।
सोमबार ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठकमा स्वागतमन्तव्य दिँदै उपाध्यायले भनिन्, ‘हामीले ल्याएको आमूल परिवर्तनलाई कार्यान्वयनको बाटोमा कांग्रेसले जिम्मेवारी बोकेर थप अबको बाटो तय गर्दै जानेछ ।’
उनले भनिन्, ‘कांग्रेसले प्रस्तावहरू पनि ल्याइसकेको अवस्था छ । हामीले यसलाई गहन जिम्मेवारीका साथ कता जाने भनेर छलफल गर्नुपर्छ ।’
‘कांग्रेसप्रति जनताको विश्वास आज पनि छ । नेपालको संविधान बनेको छ’, उनले भनिन्, ‘संविधानमा दिएका अधिकारहरूलाई कांग्रेसले कार्यान्वयन गर्ने जिम्मेवारी लिएको छ । हामी त्यही गौरवका साथ बोलिरहेका छौँ ।’
उनले भनिन्, ‘स्थानीय तहमा हाम्रो पार्टी ठूलो भएर स्थापित भएको छ । प्रदेशमा हाम्रो पार्टी ठूलो भएर स्थापित छ । केन्द्रमा पनि कांग्रेस ठूलो पार्टीका रुपमा स्थापित भएको छ ।’
सहमहामन्त्री उपाध्यायले भनिन्, ‘हरेक जीवन पद्धतिलाई कांग्रेसले हाँक्नुपर्छ । फेर्नुपर्छ भन्ने आमभावना छ । नीति अधिवेशनले नेपालको संविधानको संरक्षण गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै जनतालाई सेवामूलक काममा कांग्रेसका हरेक सदस्यहरू जनताको माझमा बसेर काम गर्नुपर्छ ।’
‘न्याय नपाएको आवाज पार्टीका हरेक साथीहरूले बोल्नुभएको छ’, उनले भनिन्, ‘न्याय दिने वातावरणमा कांग्रेसले नीति अवलम्बन गर्नेछ ।’
‘संविधानमा लेखिएको समाधवेशीका आधारका सिद्धान्तहरूको मर्म र भावनालाई छातीमा बोकेर पार्टीका हरेक साथीहरू अगाडि बढ्नुपर्छ’, उनले भनिन् ।
‘पार्टीका साथीहरूले न्याय भयो । अन्याय भयो । अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुट्नुपर्छ’, कांग्रेस नेतृ उपाध्यायले भनिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया