सोलुखुम्बु, दोलखा र खोटाङका सभापतिहरू कांग्रेसको महासमिति बैठकमा सहभागी नहुने चेतावनी
काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु, दोलखा र खोटाङका जिल्ला सभापतिहरूले अविलम्ब रुपमा निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकमा सहभागी हुने व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार सोलुखुम्बु कांग्रेसका सभापति नाम्गेल जाङ्बु शेर्पा, दोलखा कांग्रेसका सभापति बर्मा लामा र खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राईले संयुक्त विज्ञप्ति जारी गरेर निर्वाचित भइ आएका महासमिति सदस्यहरूलाई बाहिर राखी हुने महासमिति बैठकमा जिल्ला सभापतिहरूले भाग नलिने जनाएका छन् ।
कांग्रेसको मौजुदा विधानले तोकेको परिधिभित्र रही नेपाली कांग्रेसका जिल्ला निर्वाचन समितिहरूले नेपाली कांग्रेसको निर्वाचन निर्देशिका, २०७८ अनुसार विधिपूर्वक निर्वाचन/सर्वसम्मत/निर्विरोध गराई नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति समक्ष पेश गरेका निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकबाट बाहिर राख्ने प्रपञ्च भएको सुनिएको तीन जिल्लाका सभापतिहरूले जनाएका छन् ।
‘उक्त निर्णयमा पुग्दा सम्बन्धित जिल्ला सभापति एवम् निर्वाचन अधिकृतहरूको राय एक पटक पनि सुन्ने प्रयत्न भएको छैन, यस्ता अवाञ्छित गतिविधिहरूप्रति हामी जिल्ला सभापतिहरूको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘अविलम्ब रुपमा निर्वाचित महासमिति सदस्य साथीहरूलाई महासमितिको बैठकमा भाग लिने व्यवस्था गरियोस्’, विज्ञप्तिमा भनिएको छ, ‘सिङ्गै जिल्लालाई महासमिति सदस्य विहीन गर्ने षड्यन्त्रलाई पराजित गरी उक्त महासमिति सदस्यहरू बैठकबाट पारित हुने प्रस्तावहरूको अपनत्व ग्रहण गर्ने व्यवस्था गरियोस् ।’

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया