बनभाेज खानेबेला घाँटीमा मासुकाे चाेक्टा अड्किएर मेयरका पीएकाे मृत्यु भएपछि सार्वजनिक विदा
काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेका स्वकीय सचिव (पीए) लक्ष्मण श्रेष्ठको मृत्यु भएकाेमा शोक मनाउन सार्वजनिक बिदा दिइएको छ ।
श्रेष्ठको शनिबार खाना खानेबेला खाना (मासुकाे चाेक्टा) सर्केर मृत्यु भएको हो । कर्मचारीहरूकाे बनभाेज खानेक्रममा श्रेष्ठको मृत्युु भएको थियोे ।
नगरपालिकाले सूचना जारी गरेर श्रेष्ठको असामयिक निधनबाट नगरपालिका परिवार मर्माहत भएको जनाएको छ । उनको निधनको दुःखमा नगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले बताएका छन् ।
नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया