कांग्रेसका जिल्ला सभापतिहरू र महासमिति सदस्यहरूलाई सम्पर्कमा आउन सभापति बानियाँकाे निर्देशन
काठमाडौं । नेपाली कांग्रेसकाे महासमिति बैठकमा सहभागी हुन आउने महासमिति सदस्यहरूकाे सहजताका लागि प्रदेश समन्वय उप-समितिले जिल्ला सभापतिहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा उप-समितिका संयाेजक ईन्द्रबहादुर बानियाँले महासमिति सदस्यहरूलाई जिल्ला सभापतिहरूमार्फत उप-समितिहरूसँग सम्पर्कमा आउन निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार बसेकाे उप-समितिकाे बैठकले महासमिति सदस्यहरूका लागि सहजता गर्ने निर्णय गरिएकाे बानियाँले बताए ।
फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन सभापति बानियाँले आन्तरिक तयारीहरू गरिरहेका छन् । सभापति बानियाँले महासमिति बैठकस्थलदेखि सदस्यहरू बसेकाे स्थानसम्म आवतजावतका लागि नि:शुल्क यातायातकाे व्यवस्था रहेको बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया