पाल्पामा मुस्ताङ जीप दुर्घटना हुँदा दश जनाको मृत्यु, सबैको सनाखन
तानसेन । पाल्पा जिल्लामा भएको जीप दुर्घटनामा मृत्यु हुने दश जनाको सनाखत भएको छ ।
मंगलबार साँझ करीव पौने ५ बजे तिनाउ गाउँपालिकाको वडा नं. ६ मस्यामस्थित ईकोफम हाउस नजिकै लु १ ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा दश जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।
भित्री कच्ची सडक खण्डबाट डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको मुस्ताङ ब्राण्डको जीप आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । तानसेन नगरपालिका वडा नं. १० बस्ने जीपका चालक वर्ष ४५ का दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत्यु हुनेमा तिनाउ ६ की ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवलका ७० वर्षीय चन्द्र रणपाल, ६० वर्षीय चुना रणपाल, तिनाउकी २० वर्षीया गीता सुनार, रिब्दिकोटकी ६६ वर्षीया विष्णुकला कार्मी, ६५ वर्षीया दिलकुमारी सुनार र देवदह नगरपालिकाकी २९ वर्षीया दिमाया जिसी रहेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा घाइते हुनेहरूमा कृष्ण पन्थी, विद्या सुनार, सविता परियार, उमा रासकोटी, शान्ति राना, सौरब पुन, विवेक जिसी, अमृता गहतराज, रमा सुनार, भूमि पुन, साया सुनार, आलवा सुनार, अस्मिता जिसी, कमला सुनार, ३६ दिनकी स्वस्तिका सुनार र तुलबहादुर नेपाली रहेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया