सभापति देउवाद्वारा आर्थिक उप–समितिको संयोजक र सदस्यहरू चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘आर्थिक उप–समिति’को संयोजकसहित पाँच जना नेताहरूलाई चयन गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले आर्थिक उप–समितिको संयोजक र चार नेतासहित ५ जना नेताहरूलाई चयन गरेका छन् ।

फागुन ७ गते प्रारम्भ हुने नेपाली कांग्रेसको महासमितिको बैठक तयारी मूल समितिका संयोजक एवं पार्टी सभापति देउवाले आर्थिक उप–समितिको संयोजकमा अनिलकुमार रुंगटालाई चयन गरेका छन् । रुंगटा कांग्रेसको केन्द्रीय सदस्य हुन् ।

सदस्यमा उमेश श्रेष्ठ (केन्द्रीय सदस्य), ई.मोहन आचार्य (केन्द्रीय सदस्य), ईन्द्रबहादुर बानियाँ (सभापति, बागमती प्रदेश कांग्रेस) र दीपक खड्का (सभापति, नेपाली कांग्रेस, संखुवासभा)लाई सभापति देउवाले चयन गरेका छन् ।

महासमिति बैठक व्यवस्थित एवम् प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उप–समितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास सभापति देउवाले व्यक्त गरेका छन् ।

Published : Monday, 2024 February 12, 2:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया