विनोदका भाइ र रविप्रति संकेत गर्दै गगनद्वारा नागरिकता कीर्ते, सहकारी ठग र जग्गा हडप्नेलाई कारबाहीकाे माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछने, अरबपति विनोद चौधरीका भाइ अरुण चौधरीको ठगी धन्दाप्रति संकेत गर्दै जतिशक्तिशाली भए पनि कारबाहीको माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले सहकारी ठगी गर्ने, नागरिकता बनाउन कीर्ते गर्ने, सरकारी जग्गा हडप्नेलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताए । जतिनै शक्तिशाली र जतिनै पैसावाल भए पनि उनीहरूलाई सर्वसाधारण नागरिकलाई हुने कारबाही सरह थापाले कारबाहीको माग गरे ।
‘हाम्रो पनि डबलस्ट्याण्डर हुनु हुँदैन । हामीले पनि घटना हेरेर, प्रकार हेरेर आफ्ना मत, निर्णयहरू बनाउनु हुँदैन’, उनले भने, ‘जो सुकै होस् । जतिसुकै शक्तिशाली होस् । राजनीतिक शक्ति होस् कि, आर्थिक शक्ति होस् ।’
प्रश्न गर्दै सांसद थापाले भने, ‘नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ? जतिसुकै शक्तिशाली होस् । जुनसुकै पदमा बसेको होस् । हातमा ताकत होस्, कलम होस् । नागरिकता बनाउनलाई कीर्ते गर्छ भने फलानो दलहरूसँग जोडिएको छ । त्यस कारणले त्यसले कीर्ते गर्दा पनि उसको कीर्ते माफी हुन्छ । चल्छ ?’
‘जतिसुकै शक्तिशाली होस् । जुनसुकै ताकत भएको होस् । आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ’, उनले भने, ‘ठगीको धन्दाको मतियार हुन्छ भने कानूनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानूनले कारबाही गर्नुपर्दैन ?’
सांसद थापाले भने, ‘त्यसैले सुशासनको आजको दिनको मन्त्र भनेको कानूनको शासन, विधिको शासन, चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस्, यताको होस्, उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस्, कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । एउटा सर्वसाधारण नागरिकले, एउटा नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ भने शक्तिशालीलाई पनि त्यो कानून त्यसरी नै लागू हुनुपर्छ । जुनसुकै अवस्थामा पनि । जुनसुकै अर्थमा पनि ।’
‘नेपाल सरकारले यो बाटो समात्दै गयो भने विश्वासको वातावरण बनाउन सक्छ । राज्य भएको भरोसा दिलाउन सक्ने, सुशासनसँग सँगै राज्यको उपस्थिति दिलाउने कुरा यी विशिष्ट प्रकरणहरूको सन्दर्भमा मेरो राज्यले, मेरो सरकारले के गरिरहेको छ ? भनेर नागरिकले हेरिरहेको हुन्छ’, कांग्रेसका सांसद थापाले भने ।
पोखरा, काठमाडौं, चितवन, बुटवल, वीरगञ्जका सहकारीमा अरर्बौं रकम ठगी भएका छन् । ती ठगीमा रास्वपाका सभापति लामिछानेको नाम मुछिएको छ ।
काठमाडौंको बाँसबारीमा अरबपति विनोद चौधरीका भाइ अरुण चौधरी सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका बेला कांग्रेसका सांसद थापाले सबैलाई कानूनअनुसार कारबाहीको माग गरेका हुन् ।
सांसद थापाले संसदमा रोष्टमबाट बोल्दै गर्दा रास्वपाका सभापति लामिछाने लाजले कालोनिलो बनेका छन् । अरबपति विनोद चौधरी सदनमा देखिएनन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया