सोलुखुम्बु कांग्रेसमा महासमिति सदस्यहरू निर्विरोध चयन
सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले निर्विरोध महासमिति सदस्यहरू चयन गरेको छ ।
निर्वाचन समितिले सोखलुखुम्बु जिल्लाबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरू निर्विरोध चयन भएको जनाएको छ ।
माघ १९ गते सम्पन्न महासमिति सदस्य निर्वाचनमा प्रभुराम बस्नेत, नाम्गेल जाङ्बु शेर्पा, नवीन थापा, मनोज खड्का, अशोक झा, गान्धिमाया तामाङ निर्विरोध भएका छन् ।
गीता गुरुङ, प्रकाशकुमार बस्नेत, नातिकाजी गुरुङ, पासाङ शेर्पा, फुर्किमा शेर्पा पनि महासमिति सदस्यमा निर्विरोध चयन भएका छन् ।
निर्वाचन अधिकृत महाप्रसाद फुयाँलले निर्वाचन कार्यतालिका अनुसार माघ १८ गते महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष तथा समावेशी समूहका तर्फका पदका लागि मनोनयन आव्हान गरिएकोमा तोकिएको समयसीमाभित्र तोकिएको संख्यामा मात्र उम्मेदवारी दर्ता भएकाले महासमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन् ।
यसअघि महासमिति सदस्य निर्वाचन समिति संयोजकको जिम्मेवारी पाएका अधिवक्ता बिदुर लामिछानेले राजीनामा दिएपछि सो समितिमा सदस्य रहेका शिक्षक महाप्रसाद फुयाँललाई नेपाली कांग्रेस सोलुखुम्बुले निर्वाचन समिति संयोजकको जिम्मेवारी तोकेको थियो ।
समितिले माघ १९ का लागि तोकिएको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारी दर्ताका लागि १८ गते १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको थियो ।
उम्मेदवारहरूको दावी बिरोधपछि आवश्यक संख्या अनुसार नै उम्मेदवारी परेकाले १९ गते उम्मेदवारहरूलाई निर्विरोध घोषणा गरिएको फुयाँलले बताएका छन् ।
फुयाँलका अनुसार २ महिलासहित प्रत्यक्षमा ७ जना, समावेशीतर्फ ४ जना, खस आर्यतर्फ १ र १ महिलासहित ३ जना महासमिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया