महासमिति बैठकका लागि सभापति देउवाद्वारा ८ संयोजकहरू चयन, ललितपुरका नेताहरू धेरै
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाले महासमितिको बैठकको तयारीका लागि उप–समितिहरूका संयोजकहरू तोकेका छन् ।
महासमितिको बैठक तयारी मूल समितिका संयोजक एवम् पार्टी सभापति देउवाले विभिन्न आठ वटा उप–समितिहरू गठन गरेका छन् ।
फागुन ७ गते कांग्रेसको महासमितिको बैठक ललितपुरको गोदावरीमा हुन लागेको छ । उप–समितिको संयोजक हुनेहरूमा अधिकांश ललितपुरका नेताहरू छन् ।
प्रचार प्रसार उप–समितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उप–समितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उप–समितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उप–समिति धना खतिवडालाई मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वयंसेवक परिचालन उप–समितिमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उप–समितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उप–समितिमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उप–समितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई सभापति देउवाले जिम्मेवारी दिएका छन् ।
महासमिति बैठक व्यवस्थित एवम् प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउने विश्वास सभापति देउवाले लिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया