संसदमा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न कांग्रेसले विशेष भूमिका खेल्ने
काठमाडौं । नेपाली कांग्रेसले संसदमा विचाराधीन र अब प्रस्तुत हुने विधेयकहरूलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले भनेको छ, ‘कांग्रेस संसदीय दलको यो बैठक आगामी अधिवेशनमा संसदमा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न संसदीय गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन संसदभित्र रहेका सबै राजनीतिक दललाई हार्दिक अपील गर्दछ ।’
कांग्रेसले भनेको छ, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजका महत्वपूर्ण एजेण्डा हुन् ।’
‘संसदीय शासन प्रणालीमार्फत यी कार्य सम्पादन गर्न संसद र समितिहरूको प्रभावकारिता अनिवार्य हुन्छ’, कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस सदैव लोकतन्त्र र संसदीय प्रणालीको पक्षमा रहेको छ । देशको सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित कांग्रेसले संसदको प्रभावकारितामा गम्भीर एवं जिम्मेवार रुपमा काम गर्नु पर्दछ ।’
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक कांग्रेसका सम्पूर्ण सदस्यहरू संसद र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्दै सोही अनुसार विधायनको कार्य गर्ने र राष्ट्र र जनताको हित र सरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘संघीय लोकतान्त्रिक गणतान्त्रमक शासन व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्था बमोजिम धेरै कानून निर्माण गर्न बाँकी छ’, कांग्रेसले निर्णयमा भनेको छ ।
‘संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसदनमा प्रस्तुत गर्न साथै संसदमा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनमा पारित गर्न आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा उल्लेखित गरिएका विकास आयोजनाहरू तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनाहरूमा बजेटको थप व्यवस्था गरी योजनाहरू सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया