प्यूठानमा नवजात शिशु फेला, सुराकसहित आमा र बुबाको खोजी शुरु
प्यूठान । प्रहरीले प्यूठान जिल्लामा नवजात शिशुको सकुशल उद्धार गरेर अस्पतालमा भर्ना गरेको छ ।
बुधबार बिहान ६ बजेर ४० मिनटमा प्रहरीले प्यूठान नगरपालिकाको वडा नं. ४ जुम्री बजारमा जीवित शिशुलाई फेला पारेको जनाएको छ । स्थानीयले शिशुलाई फेला पारेपछि प्रहरीलाई तत्काल खबर गरेका थिए ।
प्रहरीले शिशुको सकुशल उद्धार गरेर जिल्ला अस्पताल प्यूठानमा राखेको छ । जुम्री बजारमा रहेको जस्तापाताले छाएको बाख्रा बस्ने खोरमा बाख्रालाई घाँस खुवाउन बनाइएको कपडाको झोलुङ्गोमा शिशुलाई राखेको अवस्थामा फेला पारिएको प्यूठान प्रहरीले जनाएको छ ।
शिशुलाई कसले फालेको हो भनेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । शिशुका विषयमा प्रहरीले निकै शुक्ष्म अनुसन्धान गरिरहेको छ । शिशुलाई बेवारिशे अवस्थामा फालेर हिँड्ने अभिभावकका विषयमा केही सुराकहरुलाई टेकेर प्रहरीले अनुसन्धान गरिरहेको र केही दिनभित्र अभिभावकहरु पत्ता लाग्ने जनाएको छ ।
अबैध सम्बन्धका कारण शिशुको जन्म भएर बेवारिसे अवस्थामा फालेर हिँडेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
जे कारण भएपनि शिशुलाई बेवारिसे अवस्थामा फालेर हिँड्ने अभिभावकलाई कानूनी कठ्घारामा ल्याउने प्यूठान प्रहरीले चेतावनी दिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया