एमालेबाट निर्वाचित मेयरलाई पक्राउ गर्न रेड कर्नर नोटिस
काठमाडौं । कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
एमालेका नेता समेत रहेका नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको डेढ अर्ब र विभिन्न बैङ्कको ३५ करोड हिनामिना गरेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हालसालै नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको बताएका छन् ।
प्रमुख नेपाली गत वैशाखदेखि सम्पर्कविहीन छन् । नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको प्रहरीकोमा अभियोग छ ।
इमेज सहकारी प्रकरणमा अदालतले आठ जनाविरुद्ध जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध एक हजार पाँचसय ५० बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।
इमेज सहकारीका अनिता बुढामगर, चित्रबहादुर भण्डारी, शक्ति किसान नरमती बुढा र डोरबहादुर परियार पक्राउ परेका छन् ।
सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रमुख नेपाली बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा समेत मत दिन आउनु भएन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया