घोराहीमा लुम्बिनीका मुख्यमन्त्री चौधरीसहितका मतदाताद्वारा मतदान (तस्बिर)
घोराही । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल, उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणालगायतले मतदान गरेका छन् ।
बिहीबार बिहान घोराहीस्थित मतदान केन्द्रमा मुख्यमन्त्री चौधरीसहितका मतदाताले मतदान गरेका हुन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, प्रदेसभा सदस्य प्रचण्डबिक्रम न्यौपाने, प्रदेशसभा सदस्य अनुराग खड्का, प्रदेशसभा लोकाकुमारी विश्वकर्मा लगायतले मतदान गरेका छन् ।
मतदानपछि पत्रकारहरुसँग संक्षित कुरा गर्दै उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले गोप्य मतदानको अधिकार प्रयोग गरिएको बताए । उनले निर्वाचनमा जित र हार हुनेभन्दै जित्नेलाई आफूले अग्रिम बधाइ दिएको बताए ।
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनले आफ्ना उम्मेदवारहरु विजयी हुने दाबी गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र)बाट झग्गु सुवेदी उम्मेदवार बनेका छन् ।








बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया