स्याङ्जा कांग्रेसको सम्मेलन बुधबार, सभापति देउवाले उद्घाटन गर्ने
वालिङ । नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते बुधबार हुने भएको छ ।
सम्मेलनलाई सभापति शेरबहादुर देउवाले उद्घाटनसहित सम्बोधन गर्नेछन् । पहिलो सम्मेलनमा सहभागी हुन उप–सभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उप–सभापति एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा स्याङ्जा आउने कार्यक्रम तय भएको छ ।
सह–महामन्त्री जीवन परियार, नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य शेखर कोइराला, केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका नेता स्याङ्जा आउनेछन् ।
स्याङ्जा कांग्रेसका सभापति तथा प्रतिनिधिसभाका सांसद राजु थापाले पहिलो सम्मेलन सफल पार्न विभिन्न उप–समिति गठन गरिएको बताएका छन् ।
सम्मेलनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरिने सभापति थापाले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया