एमालेका पूर्वसांसदको सम्पत्तिको स्रोत खुल्न सकेन, सबै जफत हुन सक्ने
काठमाडौं । एमालेका पूर्वसांसद ईच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालत, बबरमहलका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले तामाङलाई दोषी ठहर गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमालेका पूर्वसांसद तामाङविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित जग्गा र सम्पत्ति जफतको माग दाबी गरेको थियो ।
तामाङविरुद्धको कसूर निर्धारणका लागि विशेष अदालतले माघ २१ गते अर्को पेसी तोकेको छ । विशेष अदालतले तामाङको सबै सम्पत्ति जफत पनि गर्न सक्नेछ । अथवा स्रोत खुल्न नसकेको सम्पत्ति जवफत गरेर स्रोत खुलेको सम्पत्ति फुकुवा पनि हुन सक्छ ।
एमालेका पूर्वसांसद तामाङ सहकारी घोटाला प्रकरणका ठूलो नाइके हुन् । उनी एमालेको राजनीतिक संरक्षणमा बच्दै आए पनि कानूनले छाडेको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया