कालोमोसो काण्ड सेलाउन नपाउँदै दुर्गा प्रसाइँले कुटाइ खाए
बाग्लुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई एकजना युवकले बाग्लुङ जिल्लामा चप्पल प्रहार गरेका छन् ।
बिहीबार प्रसाइँलाई बागलुङमा चप्पल प्रहार भएको हो । व्यवसायी प्रसाइँ ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका थिए ।
प्रसाइँलाई चप्पल प्रहार गरेको अभियोगमा प्रहरीले बाग्लुङ नगरपालिकाको वडा नं. ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङले मेडिकल व्यवसायी प्रसाइँलाई मञ्चमा उक्लने क्रममा गौतमले चप्पल प्रहार गरेको जनाएको छ ।
बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्चमा चढ्न लाग्दा गौतमले चप्पल प्रहार गरेका हुन् ।
गौतममाथि प्रसाइँका समर्थकले कुटपिट समेत गरेका छन् । कार्यक्रममा प्रसाइँले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्ने बताएका छन् ।
मेडिकल व्यवसायी प्रसाइँले हरेक नागरिक आर्थिक रुपमा बलियो नभए देश बर्बाद हुने बताएका छन् ।
यसअघि, मेडिकल व्यवसायी प्रसाइँलाई युवा संघका कार्यकर्ताहरूले कालोमोसो दलेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया