किराँतीलाई मन्त्रीबाट उडाएको दिन प्रदीपले झक्कले खसी ढाल्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हटाएको दिन झक्कले खसी काटेर भोज गर्ने तयारी गरेका छन् ।

महानिर्देशक अधिकारीले मन्त्री किराँती मन्त्री पदबाट हटेको दिन खुशीयालीमा खसी ढालेर भोज गर्ने बताउने गरेको प्राधिकरणका एक उच्च कमएचारीले बताएका छन् । महानिर्देशक अधिकारीले आफू निकटका कर्मचारीहरूलाई भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘किराँती गएको दिन खसी ढाल्छु ।’

राष्ट्रियसभाको निर्वाचनपछि केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने चर्चा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्री बनाउने भनेर सार्वजनिक कार्यक्रमहरूमा बताइसकेका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीले किराँतीलाई जसरी पनि मन्त्री पदबाट हटाएरै छाड्ने योजना बनाएका छन् । किराँतीको मन्त्री पद खाइदिन महानिर्देशक अधिकारीले साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेका छन् । त्यसका लागि अधिकारीले कुनै पनि हद पार गर्ने योजनामा छन् ।

मन्त्री किराँतीले महानिर्देशक अधिकारीका खेलकुदहरूलाई अँकुश लगाउँदै आएका छन् । महानिर्देशक अधिकारीका गलत कार्यहरूमा मन्त्री किराँती बाधक बनेपछि आत्तिएपछि हटाउने अधिकारीले ‘बुलेटप्रुफ’ योजना बनाएका छन् ।

महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई कुनै पनि हालतमा हटाउने भनेर लबिङ गरिरहेका छन् । महानिर्देशक अधिकारीले यसअघि किराँतीले पुस महिना कट्दैन भनेर गफ दिँदै आएका थिए । किराँती हट्छन् वा हट्दैनन् समयले बताउनेछ । तर, महानिर्देशक अधिकारीको दिन भने नयाँ मन्त्री आए पनि खराब नै चल्नेछन् ।

महानिर्देशक अधिकारीले निकै तल्लोस्तरको अभिव्यक्तिमा मन्त्री किराँतीलाई गालीलगौज समेत गर्ने गरेको एक कर्मचारीले बताए । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत खरिद गर्न सक्छु भनेर बबाल गर्ने गरेको चर्चा प्राधिकरणभित्र छ ।

महानिर्देशक अधिकारी प्राधिकरणको नेतृत्वमा आएपछि निकै बेथिति भएको आरोप स्वयम् कर्मचारीहरूले लगाउँदै आएका छन् । उनले प्राधिकरणलाई निकै समस्यामा पुर्‍याएको आरोप पनि छ ।

Published : Wednesday, 2024 January 17, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया