माघे संक्रान्तिका अवसरमा सभापति डा.राणाद्वारा शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरज राणा देउवाले माघे संक्रान्ति अर्थात् मकर संक्रान्तिको अवसरमा दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभ–कामना दिएकी छिन् ।
सोमबार सामाजिक सञ्जालमार्फत सभापति डा.राणाले माघे संक्रान्तिको विभन्न विशेषता रहेको बताएकी हुन् । उनले नेपालका विभिन्न जातजातिहरूले विशेष पर्वका रुपमा मनाउँदै आएको माघे संक्रान्तिले सामाजिक सद्भाव बनाएको बताएकी छिन् ।
सभापति डा.राणाले नेपाल प्राचीन कालदेखि विभिन्न जातजातिहरूको बसोबासको संगमस्थल रहेको भन्दै विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वहरूको आफ्नो बेग्लै विशेषता रहेको बताएकी छिन् ।
उनले एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको जनाएकी छिन् ।
मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने थारु समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया