शोभालाई कांग्रेसको शिक्षा, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेस गण्डकीले कार्यसमितिकी सदस्य शोभा अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनोनयन गरेको छ ।

सभापति शुक्रराज शर्माले अधिकारीलाई विभागको प्रमुखमा मनोनयन गरेको पत्र दिएका छन् । शर्माले अधिकारीलाई विधानको परिच्छेद ४ १३ (१०) (झ) अनुसार मनोनयन गरेको जनाएका छन् ।

गण्डकी प्रदेश कार्यसमितिकी सदस्य अधिकारीले संगठनको काममा सक्रियताका साथ कार्य गर्दै आएकी छिन् ।

Published : Saturday, 2023 December 16, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया