पूर्वगृहमन्त्री खाणद्वारा पार्टी सभापति देउवासँग भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाणले भेट गरेका छन् ।
शनिबार बिहान सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर खाणले भेट गरेका हुन् । देउवाले खाणलाई न्यायालयबाट सत्यको जित हुने आशीर्वाद दिएका छन् ।
उच्च अदालत पाटनको आदेशमा पूर्वगृहमन्त्री खाण शुक्रबार धरौटीमा रिहा भएका हुन् । धरौटीमा रिहा भएको अर्को दिन खाणले पार्टी सभापति देउवासँग भेट गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाणलाई काठमाडौं जिल्ला अदाललते पुर्पक्षका लागि जेल चलान गरेको थियो ।
उच्च अदालत पाटनको आदेशमा खाण करीव सात महिनापछि धरौटीमा रिहाइ भएका छन् ।
शनिबार बिहान कुपण्डाेलस्थित निवासमा नेता खाणले आफन्त, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक, जिल्लावासी लगायतसँग भेटवार्ता पनि गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया