वीरगञ्ज महानगरपालिकामा कोठालाई लिएर जनप्रतिनिधि र कर्मचारीहरूबीच झडप
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जनप्रतिनिधिका समर्थक र कर्मचारीहरूबीच झडप भएको छ ।
कार्यकारी अधिकृतको खाली कक्षमा को बस्ने भन्ने विवाद बढ्दै जाँदा मंगलबार वीरगन्ज महानगरपालिकामा उपमेयर, वडाध्यक्ष र कर्मचारीबीच झडप भएको हो ।
केही दिनअघि मेयर राजेशमान सिंह नवनिर्मित भवनमा सरेपछि उनको कक्षमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेपछि उपमेयर इम्तियाज आलम हातपातमा उत्रिएका थिए ।
आफ्नो कक्षसँग जोडिएकाले आफ्नो सचिवालय राख्नुपर्छ भन्ने उनको दाबी थियो । कर्मचारीले नमानेपछि दुई पक्षबीच कुटाकुट भएको छ ।
पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको भन्दै कर्मचारीले सो कक्षमा सार्न चाहेका थिए ।
महानगरमा कुटाकुट हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका सिंह मेयरमा र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया