प्रधानमन्त्रीकी छोरी गंगाको पैसा उठाउने धन्दा, दुई ठूला व्यक्तिको गोप्य खुलासा
काठमाडौं । पूर्वमाओवादी नेता तथा वाम बुद्धिजीवी मुमाराम खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीहरू भनेका पैसा उठाउने कामका लागि रहेको टिप्पणी गरेका छन् ।
आइतबार राति ट्वीट गर्दै खनालले दाहालका छोरीहरू ल्याप्चे रहेको र पैसाका लागि जे पनि गर्ने भनेर आरोप लगाएका छन् । छोरीहरूले धमाधम पैसा उठाइरहेको खनालले बताएका छन् ।
‘सांसद अमरेशकुमार सिंहको कुरा शतप्रतिशत् सत्य हो’, खनालले भने, ‘प्रचण्डका ल्याप्चे छोरीहरू पैसा उठाउनवाहेक अरु कुनै पनि काम गर्न सक्ने हैसियतकै होइनन ।’
खनालले प्रश्न गर्दै भने, ‘कसरी प्रचण्डका सल्लाहकार भए ? प्रचण्ड स्वयम् भ्रष्ट कागजी बाघ हो, भ्रष्ट छोरीहरू त पैसाका लागि जे पनि गर्ने नै भए ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि प्रचण्डको छोरी गंगा दाहालले कुन कुन व्यापारीसँग कुन कुन मामिलामा कति रकम बुझेको हो त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।
ट्वीटरमार्फत सिंहले भनेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’
प्रधानमन्त्री दाहालको निजी सचिवालयले स्वतन्त्र सांसद सिंहको आरोपको खण्डन पनि गरेको छ । सांसद सिंहको आरोपको प्रचण्डको सचिवालयले चित्त बुझ्ने जवाफ दिन सकेको छैन ।
एनसेल काण्डमा प्रधानमन्त्री दाहालकी छोरी गंगाको नाम मुछिएको छ । एनसेल काण्डको मुख्य नाइके प्रधानमन्त्री दाहालकी छोरी गंगा भएको आरोप छ ।
आरोपहरूका बारेमा प्रतिक्रिया लिन प्रधानमन्त्री दाहालकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललाई मोबाइल फोनमा सम्पर्क गर्दा सम्पर्कमा आइनन् । उनले एसएमबाट प्रतिक्रिया माग्दा पनि कुनै प्रतिक्रिया जनाइनन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया